करणले भने ‘माग गर्देउ’

29 Shares

फिल्म । गत विहिबारबाट फिल्म ‘केसरी’ रिलिज भएको छ । सरदारको बहादुरीको कथा बोल्ने फिल्ममा अक्षय कुमार हवल्दार इश्वर सिंहको भूमिकामा छन् । जसले सरागढ़ीमा अरु २० सिख सहित दसौ हजार अफगानीसँग लडेका थिए । यस फिल्मलाई अक्षयले बलिउडका चतुर फिल्म मेकर करण जोहरसँग मिलेर निर्माण गरेका हुन् । अनुराग सिंहको निर्देशनमा तयार फिल्मलाई पञ्जाबमा निकै राम्रो साथ् मिलेको छ । फिल्मले राम्रो बिजनेस गरिरहदा निर्माता मध्यका एक करणले भने ट्विटरमा माफी माग्नु परेको छ ।

उनको एकाउन्टबाट शुक्रबार ‘शाहरुख खानको जिरोलाई अक्षयको केसरीले पछाड्यो’ भन्ने ट्विट भयो । उनको एकाउन्टबाट भएको ट्विटको कडा विरोध भएपछी करणले माफी माग्दै आफ्नो एकाउन्ट ह्याक भएको बताएका छन् । उनले केहि टेक्निकल प्रोब्लम भएको भन्दै शाहरुखसँग माफी मागे । शाहरुखले पनि उत्तर दिदै क्लिएरीफिकेसन मार्फत नप्रस्ट्याउन आग्रह गरे ।

उनले यस्तो कार्य आफुलाई मन नपर्ने पनि बताए । तर शाहरुख रिसाएको भने प्रष्ट आभास हुन्छ । तथापी करणले अर्को ट्विट गर्दै पूर्ण गडबड भएको जानकारी दिएका छन् । करणको एकाउन्ट साचिकै गडबड भएको हो वा उनले जानजान यस्तो गरेका हुन् , यो भने उनैले जानुन् । तर उनलाई शाहरुखको फ्यानले भने राम्रै सबक सिकाए । (एजेन्सी)

Facebook Comments