फिल्म । कोरोना भाइरसले गर्दा सिर्जित अवस्थाको कारण मनोरंजन क्षेत्र ठप्प छ । विश्वकै फिल्म उद्योग अहिले चलायमान हुन् सकेको छैन । चाइना र अमेरिकामा केहि फिल्म हलमा खोलिएको छ । यद्दपी पहिलेको अवस्थामा फिल्म उद्योग फर्किन सकेको छैन । भारतको कुरा गर्ने हो भने विस्तारै चलायमान हुदैछ । फिल्मको प्रदर्शन नभएपनि छायांकन भने सुरु भइरहेको छ ।
भारतको प्रतिक्षित फिल्म मध्य एक ‘केजिएफ : च्याप्टर २’ छायांकन सुरु गरिएको छ । सरकारले दिएको निर्देशन अनुसार सावधानी अपनाउदै छायांकन सुरु गरिएको निर्माण समुहले बताएको छ । झन्डै दुइ हप्तामा छायाँकन सकाउने लक्ष्यले काम थालिएको फिल्ममा प्रकास राजको इन्ट्री भएको छ । भारतीय फिल्ममा भिलेनको रुपमा चर्चा कमाएका प्रकासले सेट ज्वाइन गरेका छन् । यसको तस्बीर उनि स्वयम्ले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
Start Camera..Action… BACK TO WORK.. pic.twitter.com/LzFFhJrsjG
— Prakash Raj (@prakashraaj) August 26, 2020
सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत यसका लिड एक्टर यश स्टार बनिसकेका छन् । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित हुनु स्वाभाविक नै हो । ‘केजीएफ’ को सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढेको हो ।
सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी , रविना टन्डन , संजय दत्त पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजयनले भिलेन अधिराको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)












