निर्देशक विना फिल्म घोषणा

फिल्म । नयाँ वर्ष २०८१ सालको अवसर पारेर फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएता पनि निर्देशक भने तय छैनन् । मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ ।

निर्देशक टिम क्याप्टेन हुन् । त्यसैले निर्देशक बिना फिल्म बन्न असम्भव छ । तर, पछिल्लो समय नेपालमा निर्माताले टिम क्याप्टेन विना नै फिल्म निर्माण घोषणा गर्ने क्रममा बढिरहेको छ । यसअगाडि ‘रङ्गीन’, ‘रक्तबिज’ जस्ता फिल्म पनि निर्देशक बिना नै घोषणा गरिएको थियो । जुन अझै निर्माण हुन् सकेको छैन ।

कमेन्ट गर्नुहोस्