मेनुकाको स्वरमा ‘बादलु माथि’

सङ्गीत । भारतीय गायन शो ‘इन्डियन आइडल’ मा प्रतिष्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा मेनुकालाई गायनमा राजनराज शिवाकोटीले साथ् दिएका छन् भने शब्द र सङ्गीत पनि उनकै रहेको छ ।

गायक तथा सङ्गीतकार शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताए । ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन्, यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

‘इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुकाको यो गीतले उनको ‘साङ्गीतिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको उनले बताए । मेनुकाले इन्डियन आइडलमा दर्शक श्रोता माझ मात्र हैन कार्यक्रमका निर्णायक र अतिथिहरूलाई चकित हुने गरी गीत गाइरहेकिछिन् ।

कमेन्ट गर्नुहोस्