फिल्म । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि शनिबार बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा भर्ना भएका श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको हो ।
श्रेष्ठको उपचार इन्टरभेन्स्नल कार्डिओप्लाष्टि डा.धर्मनाथ यादवलगायतको टोलीले गरिरहेको छ । श्रेष्ठले छाति दुखेर अस्पताल लगिएको थियो । अहिले आइसीयूबाट डिलक्स रुममा सारिएको अस्पतालले जनाएको छ । उनको गत वर्ष पनि एन्जियोप्लास्टी गरी स्ट्यान्ड राखिएको थियो ।
चिकित्सकहरुले मुटुबाट रगत सञ्चार गर्ने तीनवटा नसा ब्लक हुने अवस्थामा पुगेकोले एन्जिओप्लाष्टि गरेर नसा खुलाएर हृदयघात हुनबाट जोगाएका थिए । यसअघि २२ दिनसम्म अस्पताल बसेर घर फर्किएका थिए ।
कमेन्ट गर्नुहोस्












