अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल हुँदै

फिल्म । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आवद्ध महिला पत्रकारहरुको छाता संस्था इन्टरनेशनल एसोसियसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट) ले अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल आयोजना गर्ने भएको छ ।

आइवार्टले महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यही मंसिर ९ गते शनिवार अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको आयोजना गर्न लागेको यसका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन । यो महोत्सव नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गरेका फिल्महरु प्रर्दशन गरिने महोत्सव निर्देशक संगीता श्रेष्ठले जानकारी दिईन् ।

महोत्सवमा नेपाली सर्ट फिल्म प्रतिस्पर्धाका विजेताहरुलाई अर्वाड प्रदान गरिने छ । नेपाली फिल्म क्षेत्रमा रहेका रचनात्मक र सिर्जनशील महिला निर्देशक विविध कारणले पछाडि परेको भन्दै प्रोत्साहन गर्ने हेतुले आइवार्ट नेपाली च्याप्टरको सुुरुवात गरिएको निर्देशक श्रेष्ठले बताइन् ।

‘हाम्रो देशमा चलचित्र क्षेत्रलाई आफनो रचनात्मक र्सिजनाहरुबाट संसारभरी चिनाउन सक्ने हजारौं सशक्त महिला निर्देशकहरु छन् । तर, सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकहरु हतोत्साहि हुने गरेको देखिन्छ । त्यसैले तेस्रो आइवार्ट नेपाल च्याप्टरको अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल आयोजना गर्न लागेको हो’, निर्देशक श्रेष्ठले भनिन् ।

कमेन्ट गर्नुहोस्