फिल्म । बलिउड अभिनेता सलमान खानको पछिल्लो सम्झिन लाएक फिल्म हो ,’बजरंगी भाइजान’ । पाकिस्तानी बच्चालाई उसको घर पुर्याउन गर्ने बजरंगीको कथालाई दर्शकले रुचाए । हावा वा तथ्यहिन फिल्म गरिरहेको आरोप खेपेकै समयमा सलमानको कामको र फिल्मको निकै प्रसंसा भयो । सलमानले उक्त फिल्ममा निर्देशक कबिर खानकै अनुसार आफुलाई प्रस्तुत गरेका थिए ।
हरेक क्यारेक्टरमा लगाउने ब्रासलेट समेत निकालेर ‘बजरंगी भाइजान’ को क्यारेक्टरलाई अपनाएका सलमानले जस पनि पाए । तर , उक्त फिल्मपछी दर्शकले त्यस्तो कथा पर्दामा हेर्न पाएका छैनन् । त्यसपछि आएका उनका फिल्म मध्ये ‘टाइगर जिन्दा है’ बाहेक अधिकांसले दर्शकलाई निराश बनाएका छन् । यिनै सलमान अब दर्शकलाई उस्तै कथाको फिल्म दिने तयारीमा छन् ।
‘बजरंगी भाइजान’ का लेखक केभी विजयेन्द्र प्रसादले यस्तै कथाको आइडियामा काम गरिरहेको जनाएका छन् । उनले पछिल्लो एक अन्तर्वार्तामा सिक्वेल हुन् सक्ने कथामा काम भईरहेको खुलाएका हुन् । यद्दपी सिक्वेल हुन्छ वा नयाँ कथा यससम्बन्धि भने जनाइएको छैन । सलमानसंगै नवाजुद्दीन सिद्दिकी अभिनित फिल्मले दर्शक र क्रिटिक्सको मन जित्दै तीन सय करोड माथिको व्यापार गरेको थियो । लेखेक विजयेन्द्र बहुबाली सिरिजका लेखक हुन् भने उनि निर्देशक एसएस राजमौलीका पिता पनि हुन् । (एजेन्सी)










