बुधबारदेखि ‘डन्ट माइन्ड’

0 Shares

टिभी । पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएपछि प्राय नेपालीहरु घरमैछन् । नेपाल सरकारले अत्यावश्यक काम नपरी बाहिर ननिस्किन आग्रह गरिरहेको छ नै साथै उपत्यकामा झन्डै दुइ साताको लागि यहिँ वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी समेत गरिरहेको छ । घरमै रहदा प्रायले मनोरंजनको लागि ओटीटी प्लेटफर्मलाई रोज्ने गरेका छन् ।

कोरोना भाइरस सुरु भएसँगै नेट्फ्लिक्स , प्राइम भिडियो , सोनी लिभ , डिज्नी प्लस हटस्टार , जी फाइभ लगायतका थुप्रै विदेशी एपले फिल्म तथा सिरिजमा लगानी गरिरहेका छन् । यद्दपी नेपालमा भने अझै ओटीटी प्लेटफर्मले सदुपयोगिता पाइरहेका छन् । किनकी यहाँ ओर्जिनल कन्टेनमा त्यति धेरै लगानी देखिदैन् । प्राय कन्टेन जेनरेट गर्ने प्रचलन छ । यद्दपी यो अब विस्तारै कम हुने कलाकार तथा निर्देशक निर्मल शर्मा बताउछन् ।

टेलिफिल्म तीतो-सत्य मार्फत गैडाको उपनाम समेत पाएका निर्मलले नेपालमा विस्तारै ओटीटीको दर्शक नेपाली कन्टेनमा बढ्ने विश्वास व्यक्त गर्छन् । उनले पछिल्लो समय टेलिभिजन र ओटीटीका लागिसँगै कन्टेन बनाए दर्शक विस्तारै बढ्नेमा विश्वस्त छन् । यसैले गर्दा उनले पछिल्लो समय निर्माण गरेको सिरिज ‘डन्ट माइन्ड’ लाई टिभी र अनलाइन प्लेटफर्ममा ल्याउदैछन् ।

म्यूजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा तयार कमेडी सिरिज ‘डन्ट माइन्ड’ लाई दर्शकले टिभी , युट्युब र ओटीटी प्लेटफर्ममा हेर्न पाउनेछन् । वैशाख १५ गते देखि हरेक बुधबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण हुने सिरिजलाई साढे ८ बजेबाट म्यूजिक नेपालको युटुब च्यानल र मोमो एपमा हेर्न सकिनेछ ।

निर्मल शर्मा र कमल मैनालीले संयुक्त रूपमा निर्देशन रहेको सिरिजमा रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनीता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमिल्सिना, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतले अभिनय गरेका छन् । तीनवटै प्लेटफर्ममा उपलब्ध भएपछी दर्शकले आफ्नो सहुलियत अनुसार सिरिज हेर्न पाउने निर्मलले बताए ।

‘हामीले उपलब्ध प्लेटफर्म मार्फत सिरिजलाई दर्शकसम्म लग्ने प्रयास गरेका छौँ’ निर्मलले भने । समाजमा घटिरहने समसामयिक तथा राजनैतिक विषयवस्तु समेटेर तयार हुने सिरिजका कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ हुन् । यसमा पटकथा कमल मैनालीको छ भने यसका सम्पादक गौतमराज खड्का हुन् । यसको दृश्याङ्कन राजु केसीले गरेका छन् । यसको शीर्ष गीत कमल मैनालीले लेखेका हुन् भने सङ्गीत र स्वर राजीव लोहनीको छ ।

कमेन्ट गर्नुहोस्