कहिले आउछ ‘दबंग ३’ ?

जयहोस् । सलमान खानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले । अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ को चर्चा बलिउडमा चलन थालेको छ । सलमान खानले यहि वर्ष फिल्म ल्याउने तयारी गरिरहेका थिए तर यसफिल्मको छायाँकन पनि यो वर्ष सुरु हुन् सकेन । आखिर कहिले हेर्न पाउछन त दर्शकले दबंगको नयाँ सिरिज ? अरबाजले एक म्यागजिनलाई फिल्को शुटिङ आउदो वर्ष सन् २०१९ मा सुरु हुने बताएका छन् । एक समयमा एउटा फिल्ममा मात्र काम गर्ने भएकाले सलमानको यो फिल्मको शुटिङ सुरु नभएको समेत उनले बताए । सलमान पछिल्लो समय फिल्म ‘भारत’ मा व्यस्त छन् । दबंगको नयाँ सिरिजलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो ।
कमेन्ट गर्नुहोस्