फिल्म । वरिष्ठ अभिनेता हरिवंश आचार्यले सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुने नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । उनले केहि दिन अगाडी मात्र निर्माण पक्षसंग सम्झौता गरेका हुन् । प्रदीप भट्टराईको निर्देशनमा तयार हुने फिल्ममा काम गरेपछि उनले सन्तोषको फिल्ममा काम गर्नेछन् । ‘नयाँ पुस्तासंग पनि काम गर्ने सोच अनुरुप फिल्म टिमसंग अनुबन्धित भएको हु’ हरिवंश भन्छन् ,’फिल्मको कन्सेप्ट राम्रो छ र मैले निर्वाह गर्ने भूमिका पनि सुहाउँदो छ ।’ उनले नयाँपुस्तासंग काम गर्दा झनै जोश जाँगर बढ्ने पनि बताए । त्यसो त उनले पछिल्लो समय निर्माण गरेको दुइ फिल्म शत्रु गते र दाल भात तरकारीमा पनि नयाँ पुस्ताका कलाकारहरुलाई समेत अभिनय गराएका थिए । पछिल्लो समय नेपाल सरकारको आग्रह अनुसार हरिवंश पनि कोभिड १९ नियमावलीलाई पछ्याइरहेका छन् । उनले यो समय आफु र आफ्नो परिवारलाई सचेत बनाउने रहेको पनि बताए । ‘हामीले भिडभाडमा नगएर आफ्नो परिवार र समुदायलाई संक्रमणको जोखिम कम गर्न सक्छौँ’ हरिवंशले भने ।
‘नयाँ पुस्तासंग पनि काम गर्नुपर्छ’

कमेन्ट गर्नुहोस्









