लियोको नयाँ प्रेमिका क्यामिला

20 Shares

फिल्म । हलिउडका नायक एवं पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो मोडल क्यामिला मोरोनसँग प्रेम सम्बन्धका कारण अहिले चर्चामा छन् । ओस्कार विनर अभिनेता समेत रहेका लियोलाई प्रेम सम्बन्धले चर्चामा ल्याएको पहिलो पटक भने होइन । उनको प्रेमिका क्यामिला अहिले आफू अभिनित फिल्म ‘मिक्की एन्ड बियर’को प्रमोशनमा व्यस्त छिन् ।

उनीहरुको उमेर अन्तरको विषयमा कतिपयले टिप्पणी गरे पनि क्यामिलाले भने लियोनार्दोलाई आफ्नो भावना बुझ्ने व्यक्तिका रुपमा बुझेकी छिन् । उनीहरुको विवाह कहिले भन्ने विषयमा भने दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् यद्दपी प्रेम प्रगाढ छ । उनीहरुको रोमान्सको तस्विर सार्वजनिक भएपछि उनीहरुको सम्बन्धवारे चर्चा सुरु भएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्