मित्रताको कथामा ‘२ नम्बरी’ (टिजर)

फिल्म । कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर गर्दै टिजर सार्वजनिक गरेको छ । प्रदर्शन मिति २ साता अगाडि सार्दै असोज २१ लाई तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार विदेश तथा स्वदेशममा यहिँ मितीमा फिल्म प्र्दत्शन हुनेछ ।

वितरकसँग सल्लाह गरेर नै आफूहरुले असार २१ गते खाली रहेको मितिमा फिल्म रिलिज गर्न लागेको उनको भनाइ छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । फिल्ममा यी चार कलाकारको साथमा वुद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।

गाउँको परिवेशमा कमेडी कथा बुनिएको फिल्मले २ साथीको मित्रताको कथामा भन्छ । यसमा दया र उगेनको जोडी तथा सौगात र उपासनाको जोडी दर्शकले देख्न पाउनेछन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् । यसमा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् ।

कमेन्ट गर्नुहोस्