टिभी। सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन अनि ‘मेगा अडिसन’ हुदै हाल ग्राण्ड प्रिमियरको तयारी भईरहेको सुपर डान्सर नेपाल प्रसारणमा आएसँगै चर्चामा छ। यसै शोको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता तथा नेपालको ज्वाई भनेर समेत चिनिएका विशेष अतिथिको रुपमा सहभागी भएका छन्। उनीसँगै नेपाली चेली (उनको श्रीमती) सुनिता समेत शो मा देखिदैछिन। उनीहरु सहितको शो छायांकन भइसकेको छ ।
बलिउडमा कुशल नृत्य गर्ने कलाकारको रुपमा परिचित गोविन्दाको उपस्थितिले सहभागीलाई हौसला मिलेको शो आयोजकले जनाएका छन् । गोविन्दा दम्पति नेपाल आएर शो छायांकन गरेपछि ‘मिट एण्ड ग्रिट’ को समेत आयोजना गरिएको छ ।
सुपर डान्सर नेपालमा आवद्ध विभिन्न ब्राण्डसंग सम्बन्धित अधिकारीहरु र गोविन्दा दम्पती बीच भेटघाट र आगामी कार्यक्रमबारे छलफल भएको हो । शो उत्पादनका क्रममा गुणस्तरीय कार्यक्रम निर्माणमा कुनै कसर बाकि नराख्ने आयोजकले जनाएका छन् । प्रस्तुती, कोरियोग्राफी, जजमेन्ट तथा अन्य प्राबिधिक पाटोमा समेत कुनै सम्झौता नगरिएको आयोजकको दावी छ।
शो मा सहभागी गोविन्दा दम्पतीले समेत आफु यो शोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा समेत यस्ता उत्कृष्ट नेपाली शोमा आफुहरुको उपस्थिती रहने कुरामा समेत आफुहरु प्रतिवद्ध रहेको जनाए। नेपाली चेली र ज्वाईको उपमा पाउदा आफुहरुलाई गर्व हुने साथै ज्वाई र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफुहरु पक्कै आउने समेत उनहरुले बताए।
सुपर डान्सर नेपालमा आबद्ध ब्राण्डका प्रतिनिधी/ अधिकारीहरुले शोको प्रोडक्सन भ्यालु उच्चस्थरिय रहेको र यसमा संलग्न हुन पाउदा खुशी व्यक्त गर्दै शोको सफलताको शुभकामना समेत दिए । देशभरबाट छानिएका सयौ डान्सरहरुबाट पनि अब्बल साबित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उनीहरुका १२ सुपर गुरुहरु शो ले छानिसकेको । अबको हप्ता बाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्ने छ।










