चितवनमा रुचाईयो ‘चौका दाउ’

फिल्म । सार्वजनिक प्रदर्शन अगावै फिल्म ‘चौका दाउ’ लाई चितवनबासीले ‘प्रिमियर शो’ मा हेरेका छन् । नारायणगढ स्थित क्युएफएक्सको जालमा हलमा आयोजित प्रिमियर शो मा फिल्म हेरेका अधिकाँसले यसको कमेडी शैली र संदेशलाई रुचाएको निर्देशक पूर्णेन्दु झाले बताए । ‘फिल्मले कस्तो रेस्पोन्स पाउने हो भन्ने सोचमा थिए तर शो सकिने वितिकै यसको रेस्पोन्स गज्जब पाए जसले गर्दा हर्षित छु’ निर्देशक झा भन्छन् ‘फिल्मले हसाउनुको साथै सामाजिक दायित्वलाई पनि बोध गराउछ ।’ फिल्मलाई प्रिमियरमा एक्ट्रेस बेनिशा हमाल , चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन स्थित तिन सय बढी दर्शकले हेरेका थिए ।

प्रिमियर शो मा फिल्मका कलाकार सन्तोष पन्त र अजश्र ढुंगाना उपस्थित थिए । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई देश भरमा ८० भन्दा बढी हल प्राप्त भएको परिकल्पनाकार शम्भुजित बास्कोटाले बताएका छन् । ‘सामाजिक कथामा आधारित हास्यप्रधान फिल्मलाई लिएर चासो बढ्दो छ’ बास्कोटा भन्छन् ‘फिल्म हेर्ने दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।’ यसमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । फिल्ममा वर्षा राउत , सन्तोष पन्त , विल्सन विक्रम राई , तैयव शाह , रविन्द्र झा , निर्मल शर्मा ,अजश्र ढुँगाना, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतको अभिनय रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको फिल्ममा छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्