‘ओएमजी ३’ को प्रि-प्रोडक्सन सुरु

फिल्म । भारतीय अभिनेता अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ‘ओ माई गड’ (ओएमजी) फ्रेन्चाइजीले आफूलाई भारतको सबैभन्दा सफल फिल्म शृङ्खलामध्ये एकको रूपमा स्थापित गरेको छ । दुईवटा हिट फिल्मपछि अब यो फ्रेन्चाइजीको तेस्रो भाग ‘ओएमजी ३’ को तयारी सुरु भएको छ ।

भारतीय मिडियाको पछिल्लो रिपोर्ट अनुसार, अक्षय कुमार र निर्देशक अमित रायले ‘ओएमजी ३’ को प्रि-प्रोडक्सन कार्य सुरु गरिसकेका छन् । निर्देशक रायले अक्षयसँग फिल्मको कथावस्तु र सम्भावित नयाँ दिशाबारे छलफल गर्न केरलास्थित ‘भूत बंगला’ को सेटमा भेट गरेका थिए । उनीहरूले विभिन्न कथानक र विचारहरूमा गहन छलफल गरेको बताइएको छ ।

‘ओएमजी ३’ सन् २०२७ को दोस्रो हाफमा सिनेमाघरमा रिलिज हुनेछ । यसैबीच, अक्षय कुमारका अन्य थुप्रै प्रोजेक्टहरू पनि रिलिजको पखाइमा छन् । उनको आगामी फिल्म ‘हाउसफुल ५’ यो वर्ष जुन ५ मा रिलिज हुँदैछ भने ‘जोली एलएलबी ३’ सेप्टेम्बरमा, ‘भूत बंगला’ अप्रिल २०२६ मा र ‘वेलकम ३’ सन् २०२६ मा रिलिज हुने तयारीमा छन्। साथै, उनले प्यान-इन्डिया फिल्म ‘कन्नप्पा’ मा जुन २७ मा केमियो भूमिकामा देखिनेछन् ।

कमेन्ट गर्नुहोस्