‘फूल’ मा विपिन र मिरुनाको प्रेम

फिल्म । फिल्म ‘ऊनको स्वीटर’को गीत ‘तिमी जस्तै न्यानो’ सार्वजनिक गरिएको छ । गायक सुजन चापागाईंको स्वर तथा संगीत र हर्क साउदको शब्द रचनामा गीतलाई भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको छ । गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र विपिन कार्की र मिरुना मगरको प्रेमकथा देखाइएको छ । भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छन् । लेकको गोठ काठमाडौंमा सेट लगाएर तयार पारिएको हो । निर्देशक नवीन चौहानले यो गीतले दुई मुख्य पात्रको भाव र फिल्मको स्वरुपलाई केही मात्रामा चित्रित गर्ने जानकारी गराए ।

फिल्ममा विपिन र मिरुनाका साथै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतको पनि अभिनय रहनेछ । आगामी बैशाखमा छायांकन हुने फिल्मलाई निर्देशक चौहान स्वयंले लेखेका हुन् ।

फिल्ममा सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन् भने हर्क साउद तथा झुमा लिम्बुको शब्द रचना रहनेछ । अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशक हुन् । फिल्मलाई छायाँकार चिन्तनराज भण्डारीले खिच्नेछन् । कृष्ण भण्डारीले सम्पादन गर्ने फिल्मलाई पाँचथरमा खिचिनेछ ।

कमेन्ट गर्नुहोस्