‘कर्के नजर’ सार्वजनिक (भिडियो)

संगीत । गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘कर्के नजर’ को भिडियो सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा संगीत तथा एरेन्ज आशीष अविरलको छ । यो गीत सन्जिब र टिकाको संयुक्त एल्बम ‘सँग सँगै’मा समावेश छ । भिडियोमा भाइब एण्ड वेब ग्रुपसँगै राहुल शाह, अलीशा शर्मा र बाल कलाकारद्वय आर्या केसी र रन्जिता कर्माचार्य फिचर्ड छन् ।

भिडियोमा राहुलकै निर्देशन छ । भिडियोमा पवन सुस्लिङको सम्पादन तथा छायांकन छ । गायक सन्जिब र गायिका टिकाले यसअघि गाएको ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीत चलेका गीत हुन् ।

कमेन्ट गर्नुहोस्