संगीत । अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्त अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तानलाई मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा समेटिएको ‘आमा’ गीतको भिडियोमा दुइ कलाकार देखिएका हुन् । ‘आमा’ फिल्ममा समेत देखिएको जोडी म्युजिक भिडियोमा भने पहिलोपटक देखिएका हुन् ।
गीतमा नरेश प्रधानको लेख्न , हरि लम्सालको संगीत र अन्जु पन्तको स्वर रहेको छ । फिल्म झैँ गीतमा पनि आमा र छोरीको मायालाई दर्साइएको छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने यसलाई विकास दाहालले सम्पादन गरेका हुन् । मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतना फैल्याउने उदेश्यले तयार गरिएको गीतमा अनुप चापागाईको निर्देशन रहेको छ ।
कमेन्ट गर्नुहोस्