जोनीका छोरा बलिउडमा ?

फिल्म । बलिउडमा सिनियर कमेडियनको रुपमा परिचित छन् , जोनी लिभर । ९० को दशकमा उनि अभिनित धेरै फिल्मले सफलता पाएका थिए । प्राय फिल्ममा उनि कमेडियनका रुपमा देखिन्थे । तर पछिल्लो समय बलिउड फिल्ममा उनको उपस्थिति घट्दो छ । उनकी केहि फिल्ममा कहिले काहिँ देखिने गर्छन । त्यस्तो त उनको कामलाई उनको सन्ततिले निरन्तरता दिने विश्वास उनको थियो तर त्यो पनि हुन् सकेन ।

उनकी छोरीले केहि कमेडियन टिभी कार्यक्रम होस्ट त गरिन तर त्यसको टीआरपी भने बढेन । यसकारण उनले अब छोरालाइ भने फिल्ममा डेब्यु गराउने सोचमा छन् तर त्यसको पनि केहि तयारी मिलेको छैन । उनका छोरा हुन् जेसे लिभर । बाल्यकालमा गलाको ट्युमर र त्यसपछी भएको क्यान्सरका कारण निकै पिडा रहेका जेसे अहिले भने स्वास्थ्य छन् ।

उनको केहि तस्वीर बाहिर आएका छन् , जसमा उनि फिट मात्र देखिएका छैनन् सिक्स प्याक एब्स पनि देखिएको छन् । उनको यी तस्वीरहरु बाहिर आएसंगै डेब्युलाई लिएर विभिन्न चर्चा हुन् थालेको छ ।

कमेन्ट गर्नुहोस्