फिल्म । नेपाली फिल्म ‘कोशेढुङ्गा’को फर्स्टलुक्स सार्वजनिक गर्दै तीजको दुई दिनपछि भदौ १२ गते प्रदर्शन घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मकी कलाकार सुरक्षा पन्तलाई ओढ्ने ओढेर फर्किएर हेरिरहेको अवस्थामा देखाइएको छ । उनको यो लुक्सले नवविवाहित महिलाको जीवनको कथा संकेत गरेको अनुमान गर्न सकिन्छ । सहरबाट गाउँ फर्किएकी एक महिलाको कथा पोस्टरले संकेत गरेको देखिन्छ।
यद्यपि, निर्देशक सरोज पौडेलले कथाबारे हाल खुलासा गरेका छैनन् । महिलाप्रधान यो फिल्ममा सुरक्षासँगै आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा लगायत कलाकारको अभिनय रहनेछ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् भने कार्यकारी निर्मातामा दिनेश खड्का छन् । यसको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । संगीतमा आशिष अविरल र रिदम कँडेल छन् । निर्माणपक्षका अनुसार यो फिल्म नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा आउने छ ।












