वर्षा र सचिनको ‘पिरिम नलाउने’ (भिडियो)

जयहोस् । आउदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले यसगीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन् । गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन । प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई यसमा चित्रण गरिएको छ । आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । पछिल्लो समय गीत ‘मनमगन’ मार्फत चर्चामा आएका सुव्रतले यसगीतलाई पनि फिल्मी रुपमा तयार गरेका छन् । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन । यसमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।
कमेन्ट गर्नुहोस्