फिल्म । वरिष्ठ कलाकार रमेश बुढाथोकीले निर्देशनमा फिल्म ‘सुदुर’ बन्ने भएको छ । केहि समयको विश्रामपछि निर्देशक रमेश पुनः निर्देशनमा फर्किदै छन् । वि.सं. २०५१ सालमा ‘मोहनी’बाट निर्देशनमा डेब्यु गरेका बुढाथोकीले ‘पराई’, ‘जुनतारा’, ‘अप्सरा’, ‘फेरी तिम्रो याद आयो’, ‘लगनगाँठो’, ‘छोरो’, ‘जिद्दी’, ‘बाबु साहेब’, ‘जीवन-मृत्यु’, ‘पल’, र ‘ग्याम्बलर’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
‘सुदुर’मा अभिनेता प्रविण खतिवडा र विजय बराल अनुबन्धित भएका छन् । भने , वर्षा सिवाकोटी , बादल भट्ट यसमा फाइनल भइसकेका छन् । आउँदो वर्षको जेठबाट फ्लोरमा जाने भनिएको फिल्म वर्षा र प्रविणको वरिपरि घुम्ने बुझिएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी जिल्लामा खिचिने फिल्म सोसल ड्रामा हुनेछ ।
कमेन्ट गर्नुहोस्











