सुवाषको गीतमा साहिल र सायशा (भिडियो)

संगीत । गजलकार सुवाष जमरकट्टेलको शब्द रचना रहेको पहिलो गीत ‘बाँच्नु जती’को भिडियो रिलिज गरिएको छ । गजलकार जमरकट्टेलले सडक दुर्घटना परि मेरुदण्ड पक्षघातका कारण चार महिनासम्म अस्पतालको सैयामा भोगेको पिडालाई गीतको शब्दमा मार्फत व्यक्त गरेका छन् ।

सार्वजनिक गीतमा विकास चौधरीले संगीत दिएका छन् । भिडियोमा पछिल्लो समय ट्रेलर सम्पादन मार्फत नै चर्चामा आएका सम्पादक साहिल खान र सायशा बायलकोटीलाई फिचर्ड गरिएको छ । सम्पादन विधामा आफुलाई प्रमाणित गरिसकेका साहिलले फिल्म ‘लभ डायरिज’मा सह-निर्देशकको कार्यभार समेत सम्हालेका छन् ।

दिपक लिम्बुको स्वर रहेको गीतलाई मुभि फ्याक्ट्री र गौतक क्रियसनको प्रस्तुतीमा बिबि फुयाल र बाबुराम थापाले उत्पादन तथा प्रकाशन गरेका हुन् । गीतको सार्वजनिक भिडियोमा डाक्टर मनोज यादव, प्रविन पोखरेल र थेरापिष्ट रमेश खड्काले समेत अभिनय गरेका छन् । विज्ञान राईले निर्देशन गरेको भिडियोका क्रियटिभ निर्देशक एलएन गौतम हुन् । भिडियोलाई नवराज उपे्रतीले छायाँकन गरेका छन् । गीतको भिडियोबाट आएको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च गरिने निर्माण टिमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्