संगीत । पछिल्लो समय निकै चर्चामा रहेको गीत मध्यको एक हो , ‘तिम्रो मायाले बाधेर राख’ । यसलाई गाएकी हुन् , अस्मिता अधिकारीले । उनि नेपाल आइडलकी एक प्रतियोगी हुन् , तर विजेता होइनन् । तर पनि पछिल्लो समय उनि देश तथा विदेशमा हुने शोमा सहभागिता जनाउने गर्छिन् । उनको गायिका बन्ने सपनालाई नेपाल आइडलले पुरा गरेको छ । यसलाई उनले स्विकारिन । ‘हामी जस्तो धेरैको सपना नेपाल आइडलले पुरा गरेको छ’ उनले भनिन् ,’हामीले सोचेका थिएनौ यस्तो पहिचान , माया र साथ मिल्छ भनेर ।’
अस्मिता मात्र होइन नेपाल आइडलमा आएर आफ्नो क्षमता देखाएका धेरैको जिवनशैलीमा परिवर्तन आएको छ । किनकी शोलाई दर्शकले रुचाएका छन् । त्यसैले राम्रो गाउने बीचमै आउट भएपनि संगीतकर्मी तथा दर्शकको आँखामा परिसकेको हुन्छ । अस्मिताले पछिल्लो समय प्रतिभा भए सफलता पाउँन सक्ने संकेत गरिन् । पछिल्लो समय भरहेको अडिसनमा आफुलाई लायक बनाएर मात्र सहभागी हुन् समेत आग्रह गरिन् ।
नेपाल आइडल सिनाज ३ को वर्ल्ड टुरको सम्झौता कार्यक्रममा उपस्थित अस्मिताले अडिसनमा सहभागी हुँदा लक्ष्य प्रस्ट्याउँन समेत सुझाइन । आउँदो तेस्रो संस्करणको टप ३ को वर्ल्ड टुरको लागि राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ । उनले टप ३ लाई विदेशमा रहेका हरेक नेपाली समक्ष मुनलाइट रेकर्ड्ससंगको सहकार्यमा पुर्याउने समेत बताए । ‘आफुलाई मन परेको , भोट गरेको नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्नु भएका सम्पूर्ण दर्शक समक्ष हामी कार्यक्रम लिएर आउनेछौ’ गृहेन्द्रले भने ,’नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व हाम्रो हुनेछ ।’ अर्थात् उनीहरुलाई एक वर्षसम्मको सम्पूर्ण दायित्वलाई गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ ।










