‘गरुड पुराण फ्यामिली कमेडी’ निर्देशक कोइराला

फिल्म । डेब्यु फिल्म ‘अपवाद’ मार्फत सफलताको सुरुवात गरेका निर्देशक सुवास कोइरालाले त्यस यता दर्शकलाई कन्भिन्स गर्न सकेका छैनन् । तर डेब्यु फिल्म मार्फत उनको पहिचान स्थापित नै छ । त्यसयता उनले आवरण र पुन्टे परेड फिल्म निर्देशन गरिसकेका छन् , जसले सफलता पाउन सकेन । तर उनको पछिल्लो फिल्म ‘गरुड पुराण’ भने सफलताको पथमा देखिएको छ ।

सार्वजनिक गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् भने ट्रेलरलाई पनि रुचाइरहेका छन् । फ्यामिली कमेडी भनिएको फिल्मको ट्रेलरमा बोलिएको संवाद विशेष चर्चामा छ । ‘हामीले सकेको मेहनत गरेका छौ’ निर्देशक कोइराला भन्छन् ‘यो फिल्म फ्यामिली ड्रामा हो जहाँ कमेडी भरपुर छ ।’ उनि आफै पनि यसपटक सजग छन् । माघ ४ गतेलाई रिलिज डेट तय गरिएको फिल्ममा कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया , नाजिर हुसेन , लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ ।

यसैफिल्म मार्फत प्रियंका सिंहले डेब्यु गर्दैछिन । ‘फिल्मले दर्शकलाई बोर हुन् नदियोस भन्ने प्रयास छ’ निर्देशक कोइराला भन्छन ‘फिल्ममा सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छौ ।’आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्