आकाश र उमाको ‘चोखो प्रेमको नजर’ (भिडियो)

संगीत । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको गीतिभिडियो ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक गरिएको छ । भिडियो निर्माण टिमले उपत्यकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको भिडियोमा उमा गिरी र आकाश अधिकारी फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा निर्देशन आकाश अधिकारीको रहेको छ । देशका लागि लड्ने सेना र उनको परिवारको समर्पणलाई गीतमा प्रस्तुत गरेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमूख अतिथी र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथी रहेको कार्यक्रममा भिडियो गीतका प्राविधिक तथा कलाकार र अन्य अतिथीहरुको उपस्थिती रहेको थियो । प्रमूख अतिथी गोल्छाले नेपाली फिल्म क्षेत्र र यसको चलायमान तथा श्रीवृद्धिका लागि नेपाल उद्योग बाणिज्य महासंघ सधै साथमा रहने प्रतिवद्धता दिदै गीतको सफलताको लागि शुभकामना व्यक्त गरे ।

सुमधुर स्वरका धनीद्धय गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमा आकाश र उमासँगै शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले संगीतवद्ध गरेका छन् ।

कमेन्ट गर्नुहोस्