काठमाडौँमा गुञ्जिए सुजन

सङ्गीत । गायक सुजन चापागाईं र उनको ब्याण्ड ‘इन्फिनिटी’ काठमाडौँमा गुञ्जिएका छन् । आर्टमान्डूले निर्माण गरेको फिल्म ‘ऊनको स्वीटर’ ट्रेलर सार्वजनिक गर्न आयोजित समारोह पश्चात गायक चापागाईले आफ्नो प्रस्तुती दिएका हुन् ।

‘उनको स्वीटर साँझ’ नाम राखिएको सङ्गीतिक साँझमा उनलाई सुन्न प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, पत्रकार टिकराम यात्री, गीतकार नरेश भट्टराई, निर्देशक दिनेश राउत, अनिल योञ्जन, गायक एकदेव लिम्बू लगायत उपस्थित थिए ।

प्रज्ञाप्रतिष्ठानको डबलीमा आयोजित साँझमा गायक चापागाईंले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । उनका गीत प्रत्यक्ष सुन्न युवायुवतीको विशेष भिडभाड रहेको थियो । उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाए । गायक चापागाईंले गीतहरू ‘फूल’, ‘तीनपाते’, ‘म फकाउँछु भनेर होला’, ‘फूलथुङ्गे रानी’, ‘लजाएर एक्लै किन’, ‘बाफ’ लगायत प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्