‘मायावी’ मा करिश्मा

फिल्म । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार हुने फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् । फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् ।

यसमा दीपिका प्रसार्ई, पल साह, सुशील सिटौला, समिम खान अनुबन्धित भइसकेका छन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्