‘बुवाको एउटा प्रश्नले अमेरिका छाडे’ यमन

फिल्म । मदनकृष्ण श्रेष्ठ भन्ने वितिकै हास्यकलाकारको लागि ‘भिष्म पितामाह’ भनेर चिनिन्छन् । किनकी यस विधालाई स्थापित गर्नुका साथै निरन्तरता दिनुमा उनको अतुलनीय योगदान छ । महका म अर्थात् मदनक छोरा यमन श्रेष्ठ पहिला अमेरिकामा बसोबास गर्थे । तर , केहि वर्ष यता उनि नेपालमै छन् । आखिर अमेरिकाको बसाइ छाडेर उनि किन आए त नेपाल ? हालै उनले एक कार्यक्रममा बुवा (मदनकृष्ण) एक प्रश्नले आफुले अमेरिका छाडेको बताए ।

‘बुवा र मम्मी विरामी भइरहदा म नेपाल आए’ उनले भने ‘नेपाल आएपछि मलाइ वुवाले अमेरिका कि मम्मी भने सोध्नु भयो ।’ यो प्रश्नको उत्तरसंगै यमनले बुवा र आमाको मनोभावलाई बुझे । त्यसपछि उनि नेपालमै बसोबास गर्न थाले । उनले मम्मी र बुवाको तुलनामा आफुलाई अरु कुनै चिजले आकर्षित गर्न नसक्ने समेत बताए । झन्डै डेढ वर्ष अगाडी आमा यशोदालाई गुमाउँदा भावुक भएका यमन पछिल्लो समय आफ्नो कामसंगै मदनकै हेरचाह समेत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्