सैनिकको मनबाट निस्किएको संगीत ‘तिमी र म’

0 Shares

संगीत । भूतपूर्व गोर्खा, राजनीतिज्ञ र समाजसेवीको रुपमा परिचित धन गुरुङले गत शुक्रबार आफ्नै स्वर, शब्द-संगीत रहेको ‘तिमी र म’ बोलको गीतलाई भिडियो मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतको भिडियोमा नायक ध्रुव दत्त र रिया लिम्बुको अभिनय रहेको छ । बेलयातको रमणीय दृश्यमा सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले निर्देशन गरेका हुन् ।

बाल्यकाल देखि नै संगीत प्रति झुकाव राख्ने गुरुङले सन् १९९० मा हिमालयन ब्याण्ड (टु) यूके स्थापना गरेर सांगीतिक आकाशमा उदाएका थिए । झण्डै दुई सय वटा गीत सार्वजनिक गरिसकेका उनले संगीत सौख नभई साधना रहेको बताउछन् । ‘द गोर्खा मेमोरियल फण्ड यूके’ का संस्थापक अध्यक्ष समेत रहेका गुरुङको संगीत प्रतिको आस्थाको बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुबेदीले पनि प्रसंसा गरे ।

कमेन्ट गर्नुहोस्