राम , सनिष, आरिफ, यांकी र अन्जुले विश्वव्यापी सांगीतिक यात्रा गर्ने

संगीत । ब्लू बर्ड इन्टरनेशनल इभेन्ट प्रलिले ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरुलाई लिएर विश्वव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकरी दिईएको हो । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्य सहित यो संस्थाले सांगीतिक यात्रा आयोजना गर्न लागेको आयोजित पत्रकार सम्मेलनमा जानाएको छ । आउँदो मार्च ६ तारिखबाट सुरु हुने यो कार्यक्रमका लागि दि भ्वाइसका विजेता राम लिम्बुको साथमा सनिष श्रेष्ठ, आरिफ राउफ, यांकी याल्मो, अन्जु रानामगर विश्वव्यापी कार्यक्रममा निस्किने छन् । मार्च ६ तारिखमा बेलायतबाट सुरु हुने कार्यक्रम मार्च २३ तारिखसम्म बेलायतका विभिन्नि ९ शहरमा हुनेछ ।

बेलायतमा कार्यक्रम सकाएपछि टिम युरोप पुग्नेछ । मार्च २७ देखि अप्रिल १९ सम्म युरोपका विभिन्न शहरहरुमा कार्यक्रम हुनेछ । अप्रिलको तेस्रो साता नै इजरायलको एक कार्यक्रममा पनि ‘दि भ्वाइस’का ४ प्रतियोगीहरु पुग्नेछन् । जुनको तेस्रो साताबाट क्यानडाका विभिन्न ४ शहरहरुमा राम, सनिष, आरिफ र यांकीले दर्शक माँझ प्रस्तुत हुनेछन् । कार्यक्रमको उद्घोषण सुशिल नेपालले गर्नेछन् । बेलायत कार्यक्रममा आरिफ, युरोप र इजरायलमा हुने कार्यक्रममा अन्जु नहुने समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यी विभिन्न कार्यक्रमहरुबाट आएको केही रकम इकु अर्थात शुलेमान शंकरले संचालन गरिरहेको ‘स्नेह आश्रममा’ सहयोग गरिने आयोजक संस्थाका अध्यक्ष रोशन पराजुलीले बताए ।

कमेन्ट गर्नुहोस्