‘सन्नी हो नाम मेरो’ भन्दै नाचिन् सन्नी (फोटो कथा)

फिल्म । बलिउडमा हट एक्ट्रेस तथा डान्सरको रुपमा परिचित सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ को एक गीतमा डान्स गरेकी छिन । उनले फिल्मको आइटम गीतमा आइटम गर्लको रुपमा डान्स गरेकी हुन् । केहि समय अगाडी युकेमा खिचिएको गीतको केहि तस्वीर निर्माण पक्षले सार्वजनिक गरेको छ ।

उनले नृत्य गरेको गीतको बोल ‘सन्नी हो नाम मेरो’ रहेको छ भने यसलाई कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । बिष्णुले बलिउडका स्टार साहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी गरिसकेका छन् । अर्जुन पोखरेलको संगीत रहेको योगीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिमसहित लण्डन पुगेकी थिइन् ।

भिडियोमा सन्नीलाई २ सय बढी डान्सरलाई साथ दिएका छन् । सम्राट बस्नेतको निर्देशनमा तयार भईरहेको फिल्ममा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ । एक्सन र थ्रिलर जनरमा तयार भईरहेको फिल्ममा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको छायाँकार सौरभ लामा हुन् ।

कमेन्ट गर्नुहोस्