धुर्मुस – सुन्तलीको निर्माणमा ‘सेन्टीभाइरस’ घोषणा

फिल्म । धुर्मुस – सुन्तलीको निर्माणमा तयार हुने फिल्मको नाम ‘सेन्टीभाइरस’ नै राखिएको छ । यस अघि अगाडी आएको नाम ‘छलकपट’ लाई थाती राख्दै निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अब आफैले निर्माण गर्ने फिल्ममा यी दुइसंगै दयाहाङ राई , बुद्धि तामांग , विल्सन विक्रम राई , कमलमणी नेपाल , राजाराम पौडेल , वसन्त भट्ट , सूर्यमाला खनाल लगायतको अभिनय रहनेछ । फिल्मलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

सितारामले लामो समयपछि फेरि आफूहरुले पर्दामा पाइला राख्न लागेको बताउदै भने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढिरहेको छ । डीपीआर दशैंसम्म सकिन्छ होला । यो भन्दा अगाडि नै हामी चलचित्रको छायांकन सक्नेछौ ।’ सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा यो फिल्म बन्नेछ । यसमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । फिल्ममा डिन्डु लामा निर्माताको रुपमा छन् भने फूर्पा लामा सह–निर्माताको रुपमा छन् ।

कमेन्ट गर्नुहोस्