‘दाल भात तरकारी’ अस्ट्रेलिया राईट्स् अहिलेसम्म कै महँगोमा बिक्रि

फिल्म । ब्यानरका कारण चर्चामा रहेको फिल्म ‘दाल भात तरकारी’ को अस्ट्रेलिया राइट्स सर्वाधिक महँगोमा बिक्रि भएको छ । मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुति रहेको फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ , जसको अस्ट्रेलिया राइट्स ४५ लाखमा विक्री भएको हो । ‘भिजिट भिषामा’ गीतले युट्युबमा करोड भ्यूज बटुलिसकेको अवस्थामा दोस्रो गीतले रिलिजको एक हप्ता नाघिसक्दा पनि टेन्डिङ छाडेको छैन । यस्तै कारणले ट्रेलर समेत प्रतिक्षित बनेको फिल्मलाई अष्ट्रेलियामा रहँदै आएका विपिन बस्नेत र लाुर्क लामाले महंगो रकममा किनेका हुन् ।

यहिँ ब्यानरको अघिल्लो फिल्म ‘शत्रु गते’ ले अस्ट्रेलियामा रेकर्ड ब्रेकको ब्यापार गरेको थियो , जसकारण पनि ‘दाल भात तरकारी’ प्रतिक्षित छ । फ्यामली ड्रामा भएकोले फिल्म हेर्ने दर्शकको संख्या बढ्ने हुँदा फिल्मको राइट्स महँगोमा खरिद गरिएको बुझिएको छ । सुदन केसीको डेब्यु निर्देशन रहेको फिल्मलाई अन्य देशबाट पनि प्रदर्शन अधिकार माग्ने उत्तिकै छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , नीरुता सिंह , पुष्प खड्का , आँचल शर्मा , शिवहरी पौडेल , बसुन्धरा भुषाल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , प्रियंका कार्की , रविन तामाङ लगायत मुख्य भूमिकामा छन् ।फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्