मदन भन्छन् ‘स्वास्थ्यको कारण गीतमा छैन’

फिल्म । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यको कारण गीतमा अभिनय गर्न असमर्थ रहेको बताएका छन् । राजधानीमा आयोजित फिल्म ‘दाल भात तरकारी’ को गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘गीतमा अभिनय गर्ने रहर थियो तर स्वास्थ्यले दिएन त्यसैले फिल्ममा मात्र छु’ उनले भने ‘गीत निकै राम्रो बनेको छ , गीत हेरेर फिल्म राम्रो बनेको अनुमान सहजै लगाउन सकिन्छ ।’ मह सञ्चारकै ब्यानरमा निर्मित अघिल्लो फिल्म ‘शत्रु गते’ मा समावेश रुपै मोहनीमा पनि उनि स्वास्थ्यकै कारण देखिएका थिएनन् ।

‘गीतमा हरिको जोडीमा निरुता पर्फेक्ट देखिएकी छिन्’ मदनले भने ‘यी दुईको अभिनयको शैली पनि मिलेको छ ।’ उनले गीत हेरेर नै फिल्म राम्रो भएको अनुमान गरे । फिल्ममा किरण केसी प्रस्तुतकर्ता रहेका छन् भने यसमा मदनसँगै हरिवंश आचार्य , निरुता सिंह , किरण केसी , आँचल शर्मा , प्रियंका कार्की , पुष्प खड्का , शिवहरी पौडेल , विल्सन विक्रम राइ लगायतको अभिनय रहेको छ । बैशाख १३ मा रिलिज हुने यसै फिल्म मार्फत सुदन केसी निर्देशनमा डेब्यु गर्दैछन् । फिल्म्लिया हरिवंशले नै लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्