तीजमा ‘सम्हालिन्छ कहिले मन’

62 Shares

फिल्म । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ आउँदो वर्षको भाद्र ५ मा प्रदर्शन हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिल्म प्रदर्शनमा आउँन लागेको हो । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा परि राना र अजित​ कुमार​ थापा सह-निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्