फिल्म । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन् थालेको छ । यसअगाडी पनि यस किसिमको चर्चा नभएको होइन् , यद्दपी यसपटकको आवाजलाई एकपछि अर्को एक्ट्रेसले बुलन्द बनाइरहेका छन् । फिल्ममा हिरोको तुलनामा भूमिका झैँ पारिश्रमिक पनि निकै कम हुने भएकाले हिरोइनहरुले आवाज उठाएका हुन् ।
विशेषत स्टार कलाकारहरुको फिल्ममा यस्तो हुने गर्छ । सलमान खान , शाहरुख खान , आमिर खान , अक्षय कुमार , अजय देवगन लगायतको फिल्ममा हिरोइनले पाउने पारिश्रमिक निकै कम हुने गरेको छ । हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम ? भन्दै बेलाबखतमा भइरहने विद्रोह यसपटक करीना कपूर खानका कारण आएको हो ।
उनले एक फिल्ममा लागि १२ करोड भारु डिमाण्ड राखेकै कारण निकालिनु परेपछि यसको वहस अगाडी बढेको हो । करीनाको पारिश्रमिकको विषयमा तास्पी पन्नुले समर्थन गरेकी छिन् । पछिल्लो समय फिमेल लिड फिल्ममा अभिनय गरिरहेकी तास्पीको स्वरलाई अझै बुलन्द बनाउन सोनाम कपूरले साथ् दिएकी छिन् । उनले पनि हिरोको तुलनामा हिरोइनले अत्ति कम पैसा पाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।
‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ’ सोनामले एक भारतीय पत्रिकासंग कुरा गर्दै भनेकी छिन् । निर्माता समेत रहेकी सोनामले निर्माण गरेको फिल्म ‘वीरे दि वेडिङ’ मा उनले फिमेल लिडस्टार लिएर काम गरेकी थिइन् । (एजेन्सी)












