‘रानीपोखरी’मा अञ्जली र शोभितको रोमान्स

संगीत । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् । गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन् ।

गीतको भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकास खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । गीतको शब्द तथा संगीतमा आफुले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताए ।

कमेन्ट गर्नुहोस्