फिल्म । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा छायांकनरत फिल्म ‘२.० छड्के’ मा अनमोल केसीको लुक्स सार्वजनिक गरिएको छ । केहि दिन यता अनमोलले फिल्ममा कस्तो भूमिका निर्वाह गर्दैछन् भन्ने चर्चा बढिरहेको थियो । टिकटक लगायतका सामाजिक सञ्जालमा अनमोलको लुक्सको क्लिपहरु देखिन थालेपछि निर्माण टिमले नै अनमोलको ग्याङस्टर लुक्स सार्वजनिक गरेको हो । लभरब्वाईको रुपमा देखिदै आइरहेका अनमोल फस्ट लुक्समा हिंसक देखिएका छन् ।
अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ ।फिल्ममा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।