फागुन १९ मा ‘छक्का पञ्जा ४’

फिल्म । अन्तत: प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को प्रदर्शन मिती तय भएको छ । आउँदो कार्तिक ४ मा प्रदर्शन हुने हल्लाकै बीच फिल्मले फागुन १९ लाई प्रदर्शन तय गरेको हो । नेपालीसँगै विदेशी फिल्मलाई हेरेर डेट तय गरेको बुझिएको छ ।

हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को प्रदर्शन मिति घोषणा भएको छ । शुक्रवार विहान कलाकार दीपकराज गिरीले फेसबुकमा एक तस्विर पोस्ट गर्दै आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । फागुन १९ मा यसअघि नै ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ गरी तीन फिल्मले प्रदर्शन मिति तय गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्