‘पुष्पा २’ लाई ४ सय करोडको अफर

फिल्म । साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो फिल्म‘पुष्पा’ ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । तेलुगु , तामिल , कन्नड , मलयालम र हिन्दी भाषामा रिलिज भएको फिल्मले अझै दर्शकको राम्रो साथ् पायो । हलमा मात्र नभई ओटीटी रिलिजमा पनि यसले राम्रो कलेक्सन गर्यो । यसैले गर्दा पनि यसको दोस्रो पार्टको चर्चा बढ्दो छ । बाहुबली , केजीएफपछि पुष्पाको दोस्रो भागको प्रतिक्षामा दर्शक छन् ।

यसैबीच फिल्मको क्रेजलाई मध्यनजर गर्दै एक कम्पनिले ४ सय करोडको अफर गरेको छ । अल्लु अर्जुनका पिता निर्माता अल्लु अरविन्दलाई पुष्पा २ को हल राइट्सका लागि ४ सय करोडको अफर गरिएको हो । पुष्पाको पहिलो भागले राम्रो कमाइ गरेपछि यतिबेला दोस्रो भागलाई लिएर निकै उत्साह छ । यद्दपी अल्लु अरविन्दले फिल्मको राइट्स बेच्न नकारेका छन् । उनले फिल्मको हाइप बढ्दो रहेको भन्दै दोस्रो भागलाई पनि पुरानै टीमले रिलिज गर्ने बताएका छन् ।

अल्लुको एक्सनसँगै रश्मिका मन्दनाको सुन्दरतालाई दर्शकले रुचाईसकेका छन् । यता, अल्लु अर्जुनको क्रेज साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि उस्तैरहेको प्रस्टिएको छ । स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन , अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् । सुकुमारको निर्देशन रहेको फिल्मलाई दर्शकले दोस्रो भागमा अझै शशक्त रुपमा हेर्न पाउनेछन् । एजेन्सी

कमेन्ट गर्नुहोस्