ऋचालाई मातृशोक

फिल्म । अभिनेत्री ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको शुक्रबार साँझ निधन भएको छ । अभिनेत्री ऋचाकी आमाको ६७ वर्षको उमेरमा निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । ऋचाकी आमा रिनादेवी शर्मा लामो समयदेखि विरामी थिइन् । गएको महिना ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् ।

आफ्नो रिसेप्सन पार्टीमा समेत ऋचाले आमा विरामी भएको बताएकी थिइन् । विवाहको दिनदेखि नै अस्पताल धाइरहनु परेको बताएकी थिइन् । अभिनेत्री ऋचा आमासँग निकै नजिक थिइन् ।

कमेन्ट गर्नुहोस्