झुक्यो ‘पुष्पा २’

फिल्म । भारतीय फिल्म ‘पुष्पा २’ घोषित मितिमा रिलिज नहुने भएको छ । अल्लु अर्जुनको बहुप्रतीक्षित फिल्मको ट्यागलाइन नै ‘झुक्दैन’ भन्ने छ । यद्यपि फिल्म झुकेको छ । किनकी आफैँले बारम्बार प्रदर्शन मिति घोषणा गर्दा पनि फिल्म प्रदर्शन हुन् सकेको छैन ।

यसको आधिकारिक घोषणा भइसकेको छैन । निर्माताहरुले यति बेला कयौँ चुनौती रहेको बताएको र यसका कारण ‘पुष्पा २’ को रिलिज मिति धकेलिन सक्ने बताएका हुन् । फिल्मको छायांकन र क्रिएटिभका केही काम बाँकी रहेको र ती काम सक्न अझै एक महिना लाग्न सक्ने बताइएको छ ।

फिल्म ‘पुष्पा २ः द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा: द राइज’को सिक्वेल हो । ‘पुष्पा २’को बजेट ५ सय करोड भारु रहेको बताइएको छ । यसमा अल्लु अर्जुनसँगै रश्मिका मन्दना फहद फासिल, सुनिल, जगदीश प्रताप भन्डारी, अनुसुया भारद्वाजलगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्