‘लक्की फिल गर्छु’ वर्षा

43 Shares

फिल्म । नाई नभन्नु ल २ मार्फत फिल्मनगरीमा भित्रिएकी वर्षा सिवाकोटी पछिल्लो समय ‘बीर बिक्रम २’ का कारण चर्चामा छिन् । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा उनले पल शाह र नाजिर हुसेनसँग अनस्क्रिन रोमान्स गरेको छ । आउँदो जेठ ३ मा सार्वजनिक प्रदर्शनमा आउने फिल्मको दुइ गीत सार्वजनिक भईसकेको छ । पिरतीको मिठो तिर्सना र वाचा बोलको गीतपछी ट्रेलर सार्वजनिक गर्ने तयारीमा छन् निर्देशक मिलन चाम्स ।

वर्षाले टिममा काम गर्न पाउँदा आफुलाई लक्की फिल गर्छिन् । ‘म यो टिममा सामेल हुन् पाउँदा लक्की फिल गर्छु किनकी फिल्म मन देखि नै बनाउनु हुन्छ’ उनले भनिन् ‘हामीले सेटमा गरेको दुखले स्क्रिनमा तालि पाउँदा निकै खुसि लाग्छ ।’ वर्षाले फिल्ममा बादलको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । सुदिप वरालको डीओपी रहेको यसमा नवराज उप्रेतीको छायाँकन रहेको छ भने फिल्ममा अपर्ण सापकोटा निर्माताको रुपमा रहेका छन् ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्