फिल्म । नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा कलाकार पल शाहविरुद्ध नवलपरासीमा पनि किटानी जाहेरी दर्ता भएको छ । तनहुँमा पलविरुद्ध किटानी जाहेरी दर्ता गराएका पीडितका बुवाले आइतबार नवलपरासीको गैडाकोट प्रहरी कार्यालयमा पनि किटानी जाहेरी दर्ता गराएका हुन् ।जाहेरी दिने पीडितका बुबाले छोरीमाथि पलले जबरजस्ती मादक पदार्थ सेवन गराएर बलात्कार गरेको आराेपपत्रमा उल्लेख गरेका छन् ।
पलले चितवन र नवलपरासीमा पनि नाबालिगलाई बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय गैंडाकोटमा दर्ता गराइएको जाहेरीमा पीडितका बुवाले नाबालिका छोरीलाई प्रेम गरेको झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।
कमेन्ट गर्नुहोस्