सुर्य अवार्ड सम्पन्न

16 Shares

फिल्म । जापानको टोकियो स्थित नाकानो जिरो हलमा गत नोभेम्बर २४ मा ‘दोस्रो सुर्य इन्टरनेसनल अवार्ड’ सम्पन्न भएको छ । नेपाली कलाकर्मीको जम्बो टोलीका साथ जापानमा सम्पन्न भएको यो संवत पहिलो अवार्ड हो । नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी लगायतको उपस्थिती रहेको अवार्डलाई सुर्य कर्पोरेशनले तयार गरेको थियो । यसका अध्यक्ष बाशुदेव लामिछानेले आयोजना गरेको कार्यक्रममा दर्शकको उपस्थिति त केहि कम थियो तर अवार्ड कार्यक्रममा भने कुनै कमि थिएन ।

अवार्ड कार्यक्रममा हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुर्य रत्न सम्मान प्रदान गरिएको थियो । यस्तै वरिष्ठ अभिनेता निर विक्रम शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । कलाकार तथा विमान चालक विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान’ प्रदान गरियो । दुई दशक लामो समय कला पत्रकारितामा सक्रिय पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सुवेदीलाई २५ हजार (जापनियान) सहित पुरस्कार दिइयो ।

यी सम्पूर्ण हस्ती जापान पुगेका थिए । यसैगरी क्रिटिक्स विधा तर्फ उत्कृष्ट फिल्म प्रसाद , निर्देशक गोपिबाट दीपेन्द्र लामा , अभिनेता प्रसादबाट विपिन कार्की र अभिनेत्री पनि सोहि फिल्मबाट नम्रता श्रेष्ठले अवार्ड प्राप्त गरे । यसैगरी पपुलर तफ फिल्म विधा अन्तर्गत पपुलर फिल्म छक्का पान्जा ३, पपुलर फिल्म निर्देशक सोहि फिल्मबाट दीपाश्री निरौला, पपुलर एक्टर क्याप्टेन फिल्मबाट अनमोल केसी, एक्ट्रेस साम्राज्ञी आरएल शाह, पपुलर सह अभिनेता चंगा चेटबाट बुद्धि तामाङ र सह अभिनेत्री तर्फ गोपीबाट बर्षा राउतले अवार्ड प्राप्त गर्न सफल भए ।

यसैगरी संगीत विधा तर्फ आधुनिक गायकमा दर्शन नमस्ते भाग ५ बाट राजेश पायल राई , आधुनिक गायिका तर्फ पिरिम नलाउनेबाट गायिका मेलिना राई, पप गीतमा गायक सन्जी पराजुली र पप गायिका टिका प्रसाईं गीत कर्के नजरमार्फत अवार्डबाट सम्मानित भए । लोक गीतबाट गायक कुलेंद्र बिक र गायिका मन्जु पौडेलले अवार्ड हात पारे ।

कार्यक्रममा भुवन केसी , श्वेता खड्का , कमल खत्री , सन्दीप क्षेत्री , निराजन प्रधान , दृश्य सुवेदी लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष लामिछानेले टोकियोमा कार्यक्रम गर्दै गर्दा कलाकर्मीको पाएको साथको प्रसंसा गरे । उनले भने ,’हामीले विदेश गर्न लागेको नेपाली फिल्मको प्रवर्धनलाई हौसला थप्न फिल्मकर्मीले दिनु भएको साथको हामी सदैव ऋणी रहनेछौ ।’

कमेन्ट गर्नुहोस्