सौन्दर्य । पछिल्लो समय कोरोना भाइरसबाट हुन् सक्ने क्षतिलाई कम गर्न नेपाल सरकारले विभिन्न कदमलाई अगाडी बढाएको छ । सिनेमा हल बन्द गर्ने देखि चैत्र ६ गते बाट हुने सी परिक्षालाई पनि रोकिएको छ । यसको क्षतिलाई कम गर्न सरकारले सभा सम्मेलनसँगै कार्यक्रमहरु पनि नगर्न भनेको छ । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सारिएको छ।
बिहीबार द हिडन ट्रेजरको बैठकले मिस नेपाल प्रतियोगिताका गतिविधिहरू आगामी वैशाख १८ सम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले आगामी वैशाख १८ पछि मिस नेपाल प्रतियोगिताको प्रतियोगी छनोट र फाइनलको मिति तोक्ने बताएका छन् । यसपटक मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो । द हिडन ट्रेजरले मिस नेपालले धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सिध्याइसकेको थियो । राजधानीको अडिसन बाँकी रहेको उनले बताए ।









