अणुब्रत महोत्सवको प्रभातफेरी

देश। नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी गरेको छ । विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरीमा सहभागी थिए । मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहनुभएको प्रभातफेरीमा पूर्व मिसनेपाल उषा खड्गी , गायक आनन्द कार्की लगायत उपस्थित थिए।

अणुब्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजित महोत्सवमा सिद्धान्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताए । अणुब्रत आचार्य संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने , कहि कसैलाइ आक्रमण नगर्ने , मानबिय एकतामा बिश्वास राख्ने , धार्मिक सहिष्णुतालाइ कायम राख्ने , व्यवसाय र व्यवहारमा प्रमाणिक रहने , ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने , सामाजिक कुरीतीलाइ प्रश्रय नदिने , नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने भनिएको छ।

कमेन्ट गर्नुहोस्