‘अनमोलको रिपोर्ट आइसकेको छैन’

2 Shares

फिल्म । युवापुस्ता माँझ निकै फ्यान फ्लोअर्स भएका अभिनेता अनमोल केसीले कोरोना भाइरस (कोभिड १९) को पिसिआर परिक्षण गराएका छन् । केहि दिन अगाडी एक स्कुटरको विज्ञापन छायांकन गरेका अनमोलले ट्रेसिङ्गमा परेपछि कोभिड १९ को टेस्ट गराएका हुन् । उनको फोटो छायांकनमा संलग्न टिम मेम्बरमा एक जना महिलालाई कोभिड १९ पोजेटिभ देखिएको थियो । उनि कार्यालयमा कार्यरत कर्मचारी रहेता पनि छायांकनको समयमा उपस्थित थिइन् । उनमा कोरोना पुष्टी भएपछि अनमोलसंगै उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

अनमोललाई भने कोभिड १९ को कुनै पनि लक्षण नदेखिएको बताइएको छ । यद्दपी उनको रिपोर्ट आइसकेको छैन । उनि घरमै सेल्फ आइसोलेसनमा छन् । अनमोल नजिकको श्रोतले रिपोर्टको नतिजा नेगेटिभ आएको बताएता पनि उनको रिपोर्ट नआइसकेको काजल फिल्म्सले जनाएको छ । काजल फिल्म्सले सामाजिक सञ्जाल मार्फत रिपोर्ट आइनसकेको र आएपछि जानकारी दिने उल्लेख गरेको छ ।

प्राय घरमै रहने अनमोल लकडाउन खुकुलो भएसगै श्री कृष्ण मन्दिर पुगेका थिए । यसैगरी उनले यसै बीच केहि एड पनि गरेका छन् । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि साउनको अन्तिम साताबाट बाँकी छायांकनको लागि फ्लोरमा जाने तयारीमा रहेको ‘ए मेरो हजुर ४’ पुनः रि-सेड्युल हुने सम्भावना बढेको छ ।

View this post on Instagram

🙏🙏

A post shared by Superkajalfilms_official (@kajalfilms_official) on

कमेन्ट गर्नुहोस्