‘ब्याचलर बन्टी’ निर्माण बारे के भन्छन् त मिलन ?

फिल्म । मिलन चाम्स पछिल्लो समय एकपछि अर्को समयमा व्यस्त छन् । उनलाई केहिले ‘फिल्म बनाउने मेसिन’ पनि भन्ने गर्छन । किनकी डेब्यु फिल्म ‘हँसिया’ पछि उनले निर्देशनको रफ्तारलाई तिब्रता दिएका छन् । यसवर्ष सन् २०१८ मा मात्र उनको ब्लाइन्ड रक्स , लिली बिली , ह्याप्पी डेज र बोबी प्रदर्शनमा आयो भने ‘वीर विक्रम २’ को घोषणा भएर छायाँकन नै सम्पन्न भइसक्यो भने वर्षको अन्त्यमा बोबीको सिक्वेल ‘बोबी २ : बाँकी कथा’ घोषणा भयो । यसरि हेर्ने हो भने सन् २०१८ मा उनको चार फिल्म प्रदर्शन भए भने १ छायाँकन र अर्को घोषणा । तर उनको अत्यधिक चर्चामा रहेको प्रोजेक्ट ‘ब्याचलर बन्टी’ भने यसवर्ष सुरु हुन् सकेन । उनले युवा स्टार अनमोल केसीलाई लिएर फिल्म निर्देशन गर्ने घोषणा गरेका थिए । अनमोलको होम प्रोडक्सनमा निर्माण भइरहेको फिल्म ‘क्याप्टेन’ छायाँकन लम्बिएपछि यो प्रोजेक्ट सुरु हुनसकेन । तर अब यो प्रोजेक्ट नै निर्माण न हुने सम्भावना बढेको छ ।

अनमोल नजिकका श्रोतलाई आधार मान्ने हो भने फिल्ममा अभिनय नगर्ने मनसाय उनले बनाइ सकेका छन् । यता फिल्म ‘बोबी २ : बाँकी कथा’ घोषणाको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा मिलनले पनि फिल्म नबन्ने तर्फ संकेत गरे । ‘यो प्रोजेक्ट भनिएको समयमा सुरु नहुने भएपछि केहि पर पक्कै सरेको छ’ उनले भने ‘अब हामी दुइको समय नमिलेसम्म संवत यो प्रोजेक्ट नहुनसक्छ ।’ अर्थात् उनि अब फिल्म ‘बोबी २ : बाँकी कथा’ मा ब्यस्त हुनेछन । त्यसकारण पनि ‘ब्याचलर बन्टी’ बन्ला भन्न गाह्रो छ ।

कमेन्ट गर्नुहोस्